प्रभु बैंकले बागलुङको बरेङ्ग गाउँपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिका गरी २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बागलुङ शाखाको बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माबाट एक समारोहका विच उद्घाटन भएको बैंकले जनाएको छ। त्यस्तै कास्कीको माछापुच्छ्रे शाखा गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीले उद्घाटन गरीन्।
बैंकका नयाँ शाखाबाट स्थानीय तहका सेवाग्राही, फर्म, कम्पनी तथा संघ संस्था लाभांवित हुने बैंकले जनाएको छ।