प्राइफ लाइफ इन्स्योरेन्सले आइतबारदेखि हकप्रद शेयर बिक्री गर्ने भएको छ।
\शेयरधनीले एक कित्ता बराबर १.६ भर्न पाउने गरी हकप्रद बिक्री खुला गरेको हो।
यस कम्पनीले प्रति शेयर एक सय रुपैयाँको दरमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यसको हकप्रद शेयर भर्ने मिति बैशाख २ गतेसम्म रहेको जनाएको छ।
हकप्रद आवेदनका लागि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल र सिआस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ।