एभरेष्ट बैंकले आफ्नो नयाँ शाखा काभ्रेको बनेपामा संचालनमा ल्याएको छ।
बनेपा शाखाको उद्घाटन काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गरेका थिए।
एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।