लक्ष्मी बैंकले पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ।
पाल्पामा बैंकको यो दोस्रो शाखा हो। यस नयाँ शाखा सहित बैंकको शाखा सञ्जाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैकले जनाएको छ।
बैंकका अनुसार आ.व. २०७३/७४ मा ५९.३२ अर्ब निक्षेप र ५२.७३ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ। सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी रहेको छ।
बैंकले आगामी दिनहरुमा अझ धेरै शाखा मार्फत बैंकिङ सेवाहरु देशभर विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।