माछापुच्छ्रे बैंकले इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न मिल्ने सुबिधा सहितको एमबिएल स्मार्ट बचत खाता संचालनमा ल्याएको छ।
उक्त खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ। उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार स्मार्ट सुविधा अन्तर्गत ग्राहकले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।
बैंकले ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटीएम लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक लाई बैंकिङ सेवा प्रदान गरीरहेको जनाएको छ।