केहि दिन यता लगातार घटेर रातो रहेको नेप्से मंगलबार ४ अंकले बढेर हरियो भएको छ।
यस दिन १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज बिमा १०, उत्पादन ३२ र माइक्रोफाइनान्स ४ अंकले घटेका छन्। यस बाहेक सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ५, होटल ६१, बिकास बैंक १, जलबिधुत ९, फाइनान्स ३ र अन्य परिसुचक ७ अंकले बढेका छन्।
यस दिन नेपाल लाइफ इन्सुरेन्सले सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको २ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्रस्थानमा रह्यो । यसको १ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै धेरै नाफा कमाउनेमा श्रि इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ता अग्र स्थानमा रहे। जसका लगानीकर्ताले ७ प्रतिशत कमाए।
त्यस्तै सोल्टि होटलका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे। अरुण फाइनान्स र एभरेष्ट इन्सुरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै ४ प्रतिशत गुमाए।