प्राइम लाइफ इन्स्योरेन्स र जनता बैंक बीच बैंकासोरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले हस्ताक्षर गरेकोे कम्पनीबाट जारी विज्ञप्तीमा जनाइएको छ।
उक्त सम्झौता पश्चात प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु जनता बैंकका नेपालभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन्।
हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर जारी भइरहेको अवस्था रहेको साथै आउँदो चैत्र १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद शेयर समेत कायम हुने चुक्ता पूंजीमा १२.५ प्रतिशतका दरले बोनस शेयर दिने कम्पनीले जनाएको छ।