मुक्तिनाथ विकास बैंकले काठमाण्डौ उपत्यका भित्र नवौं शाखाको रुपमा काठमाण्डौको चावहिल, (गोपीकृष्ण) मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले गरे।
उक्त उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाका साथै मुक्तिनाथ विकास बैंकको आधुनिक बैंकिङ्ग तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिईने बताए।
मुक्तिनाथ विकास बैंकको नेपालभर ७४ वटा शाखा संचालनमा छन्।