बुधबार शेयर बजारको परिसुचक नेप्से ४ अंकले बढेको छ।
यस दिन १५६ कम्पनीको १८ करोड ४५ लाख बराबरको शेयर कारोबार भयो। आज होटल २६, फाइनान्स ०.८८ र उत्पादन उपसुचक ६ अंकले घटेका छन्। यस बाहेक सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ३, बिकास बैंक ४, जलबिद्युत ९, बिमा २९, अन्य १ र माइक्रोफाइनान्स उपसुचक ८ अंकले बढेका छन्।
यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको १करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्रस्थानमा रह्यो। यसको ९८लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
यस दिन वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै ७ प्रतिशत कमाए। त्यस्तै धेरै कमाउनेमा सहयोगी बिकास बैंकका लगानीकर्ताले ६ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।
त्यस्तै गुमाउनेमा नयाँ नेपाल लघुवित्त बिकास बैंक र श्रि इन्भेष्टमेन्ट फाइनान्स अग्र स्थानमा रहे । जसका लगानीकर्ताले सबै भन्दा धेरै ३ प्रतिशत गुमाए।
उन्नति माइक्रोफाइनान्सले फागुन २९ गते बसेको १०२ औं बैठकबाट आगामी चैत २१ गते हुने साधारण सभाको लागि चैत ७ गतेबाट बुक क्लोज गर्ने भएको छ।