सेञ्चुरी बैंकको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार बोनस शेयर जारी पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
आव २०७४/७५ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप ५२.१७ अर्व र कर्जा रकम ४७.०२ अर्व रुपैयाँ परिचालन गरी ३९.२७ करोड रुपैयाँ सञ्चालन मुनाफा र ३२.५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ।।
बैंकका अनुसार यसका काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरकासाथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालनमा छन्।