सगरमाथा इन्स्योरेन्सले एकसाथ ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी ९ वटा कार्यालय संचालनमा ल्याएको छ।
कम्पनीले बारा जिल्लाका सिमरा लगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयां शाखा तथा चितवनको टांडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ संचालनमा ल्याएको जनाएको छ।
बीमा सेवाको पहुँचलाई देशका ग्रामिण क्षेत्रसम्म पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवालाई बिस्तार गर्दै जाने कम्पनीले जनाएको छ।
कम्पनीका संचालक पद्म ज्योति तथा प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरा स्थित नयां शाखाको संयुक्त रुपमा उद्घाटन गरे।
सो अवसरमा संचालक ज्योतिले नेपालका सबै जनतामा बीमा सेवा पुर्याउने उद्धेश्यका साथ कम्पनीले कार्य गरी रहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी ढंगबाट बीमा सेवा बिस्तार गर्न कम्पनी लागी पर्ने बताए।
कम्पनीको प्रधान कार्यालय सहित जम्मा ५७ वटा शाखा/उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय पूगेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप १० वटा शाखा/उपशाखा तथा एक्स्टेन्शन काउण्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको कम्पनीले जनाएको छ।