जनता बैंकले गोरखा जिल्लाको सुलिकोट गाउँपालिकामा नयाँ शाखाबाट कारोवार सुरु गरेको छ।
भुकम्प प्रभावित क्षेत्रका स्थानीयमाझ बैंकिङ पहुँच पुर्याउने उद्धेश्यले यो शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ।
यसका साथै यस बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले प्राइम लाइफ इन्स्युरेन्स कम्पनी सँग बैंकासुरेन्स सेवा सम्झौता गरेको छ।
उक्त संझौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्युरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका थिए।
यस सम्झौता पश्चात ग्राहकले जनता बैंकको सबै शाखाबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।