बिहीबार शेयर बजारको परिसुचक नेप्से २ अंकले बढेको छ।
यस दिन १५१ कम्पनीको २३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यो कारोबार अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँले बढि हो। यस दिन उत्पादन २५ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ०.३, होटल ७५, बिकास बैंक २, जलबिद्युत १३, फाइनान्स ०.१, वीमा ९, उत्पादन ४ र माइक्रोफाइनान्स उपसुचक २ अंकले बढेका छन्।
यस दिन नेपाल बैंकको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको १ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्र स्थानमा रह्यो। यसको १ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
यस दिन सोल्टि होटलका लगानीकताले ४ प्रतिशत कमाए। त्यस्तै बरुण हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।
त्यस्तै सिभिल लघुवित्त वित्तिय संस्था र बल्र्ड मर्चेन्ट बैंकका लगानीकर्ताले समान ३ प्रतिशत गुमाए।