एनआइसी एसिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो। बैंकका यसअघिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएसँगै सो पद रिक्त रहेको थियो।
न्यौपाने यसअघि सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।