मुक्तिनाथ विकास बैंकको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ।
पोखरेल यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए।
यस अघि प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल आगामीे बैशाख मसान्तमा समाप्त हुने हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ।
यद्यपि पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेता पनि उनको कार्यकाल आगामी जेठ १ गते देखि लागु हुने छ। सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुने बैंकले जनाएको छ।