नबिल बैंकले पोखरा स्थित न्यूरोड शाखाको ४ नम्बर प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाको उद्घाटन गरेको छ।
उक्त प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा गरे।
त्यसका साथै बैंकका अध्यक्ष पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाँ शाखाहरुको पनि सोहि दिनमा उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले यस बैंकका शाखाले पोखराको बिकासमा सहयोग गर्नेमा आशावादी रहेको बताए।
सोही समारोहमा बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले राष्ट्रकै पहिलो प्रादेशिक कार्यालयको स्थापना गर्न पाउँदा खुशि लागेको र समाजमा बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपूर्ति गर्ने बताए।
उक्त अवशरमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको नयाँ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने र निकट भविश्यमा देशका विभिन्न क्षेत्रमा आफ्नो शाखा कार्यालयको संजाल बढाउँदै लाने बताए।
नबिल बैंकले ६२ वटा शाखा, १०५ वटा एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथ सेवा प्रदान गरिरहेको जनाएको छ।