सिभिल बैंकले आफ्नो ५८औं शाखा झापा दमकको फर्निचर लाईनमा स्थापना गरेको छ। सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका थिए।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाललाई समृद्धि तर्फ लैजान उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे।
उनका अनुसार नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।
सिभिल बैंकले आफ्ना सेवा तथा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकबाट ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरी करीव ३६ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने जनाएको छ।