शेयर बजारको परिसुचक नेप्से ओरालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन आइतबार ९ अंकले झरेको परिसुचक सोमबार पनि ८ अंकले ओरालो लागेको छ। घटेको नेप्से १२७०.५२ अंकमा कायम भएको छ।
यस दिन ब्यापार र उत्पादन १ र अन्य ३ अंकले बढेको बाहेक सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ ८, होटल ३२, बिकास बैंक ८, जलविद्युत २२, फाइनान्स २, बीमा ५० र माइक्रोफाइनान्स उपसुचक १० अंकले घटेका छन्।
यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको३ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै धेरै रकमको कारेबार हुने कम्पनीमा २ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट अग्र स्थानमा रह्यो।
यस दिन स्वदेशि लघुवित्त वित्तिय संस्था र सानिमा इक्विटि फण्डका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत कमाए।
त्यस्तै अपि पावर कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत गुमाए। काबेलि बिकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएर गुमाउनेमा अग्र स्थानमा रहे।