मंगलबार शेयर बजारको परिसुचक नेप्से १५ अंकले घटेको छ। यस दिन नेप्से सुचक १२५५.४७ कायम भएको छ।
यस दिन १५९ कम्पनीको ३२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन होटल १७ अंकले बढे बाहेक सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ ९, बिकास बैंक १६, जलविद्युत २०, फाइनान्स ८, वीमा १५२, उत्पादन ४३, अन्य ७ र माइक्रोफाइनान्स उपसुचक २० अंकले घटेका छन्।
यस दिन नेपाल लाइफ इन्सुरेन्सको सबै भन्दा धेरै रकमको कारोबार भयो। यसको २ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्र स्थानमा रह्यो। यसको २ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस दिन स्वदेशि लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ४ प्रतिशत कमाए।
त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ६ प्रतिशत गुमाए। सिन्धु बिकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।