जनता बैंकले बारा र कास्कीमा नयाँ शाखाबाट बैंकिङ सेवा सुचारु गरेको छ।
बाराको सिमरौनगढ शाखा र पोखराको बुढीबजार शाखाबाट कारोवार सुरु गरिएको हो। यसका साथै कैलालीको गौरीगंगा, बनवेहडा, दुर्गौली र गोदावरी, स्याउले बजार तथा दाङको राप्ती मौरीघाट र लमही फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको बैंकले जनाएको छ।
यस सगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ।