ग्लोबल आइएमई बैंकले रामेछाप जिल्लाको गोकुलगंगा गाँउपालिका बेतालीमा आफ्नो शाखा रहित बैकिङ्ग सेवा सुरु गरेको छ।
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय पुष्कर कार्कीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
उक्त उद्घाटन तथा वित्तीय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंकिङ्ग बिज्ञ” पुर्णमान नापितले बेताली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए।
ग्लोबल आइएमई बैंकले १२० वटा शाखा, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको जनाएको छ।