सेञ्चुरी बैंकले सार्वजनिक बिदाको दिनमा पनि बैंकिङ कारोबार गर्ने भएको छ।
बैंकले यस अघि पनि प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट बिदाको दिनमा पनि नगद कारोबारको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
सेञ्चुरी बैंकले आगामी चैत १० देखि लागु हुनेगरी ९ वटा कार्यलयबाट ३६५ दिने नगद कारोबार र लकरको सुविधा उपलब्ध गराउने जनाएको छ।
बैंकले पुतलीसडक, विर्तामोड, बुटवल, धुलिखेल, टिकापुर, जनकपुर, भैरहवा, न्यूरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगढी र कोटेश्वरबाट बिदाको दिनमा पनि काउन्टर संचालन गर्ने बताएको छ।
लकर सुविधा भएका शाखाहरुमा क्रमश पुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवनबाट सेवा लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखा, ५ वटा एक्स्टेन्सन काउन्टर, उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गरीरहेको जनाएको छ।