लक्ष्मी बैंकले “लक्षित मुद्दती– रिकरिङ्ग डिपोजिट” मा दिंदै आएको ब्याजदर बढाई १० प्रतिशत पुर्याएको छ।
यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकले न्यूनतम ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने र जम्मा भएको सुनिश्चित भइसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने बैंकले जनाएको छ। बैंकका अनुसार १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ।
साथै लक्षित मुद्दती खाता खोल्ने ग्राहकले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्तगर्न सक्ने बैंकले जनाएको छ।
लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाबाट यो खाता सहजै रुपमा खोल्न सकिने बैंकले जनाएको छ।