ग्लोबल आइएमई बैंकले इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ।
ग्लोबल आइएमई बैंकले कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो।
बैंकले मिति चैत ०८ देखि १७ गतेसम्म सञ्चालन हुने ९ औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
ग्लोबल आइएमई बैंकले देशभर रहेका ११८ वटा शाखा मार्फत परीक्षा शुल्क संकलन गरिएको कारण सेवाग्राहीहरुले सहज तरिकाले परीक्षा शुल्क बुझाउन पाएको बैंकले जनाएको छ।