नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ।
स्थानान्तरण गरिएका भरतपुरको चनौली र देबचूलीको दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे।
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गरेपश्चात स्थानान्तरण गरेको हो।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ।
बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।