सोमबार शेयर बजारको परिसुचक नेप्से ३ अंकले घटेको छ।
यस दिन १५६ कम्पनीको २० करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भयो। यस दिन फाइनान्स ३ अंकले बढे बाहेक अरु सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ १, होटल १६, बिकास बैंक ३, जलविद्युत ६, बीमा २३, उत्पादन ३३, अन्य ०.६ र माइक्रोफाइनान्स उपसुचक ५ अंकले घटेका छन्।
यस दिन स्टान्डर्ड चार्टडको १ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो।
त्यस्तै स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै ८ प्रतिशत कमाए।
यस दिन ग्लोबल आइएमई समुन्नत स्किमका लगानीकर्ताले ५ प्रतिशत गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।