मंगलबार शेयर बजारको परिसुचक नेप्से ६ अंकले बढेको छ।
यस दिन १६० कम्पनीको २१ बरोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन फाइनान्स १ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ३, ब्यापार २, होटल १२, बिकास बैंक ११, जलविद्युत १३, बीमा २५, उत्पादन ६३, अन्य ५ र माइक्रोफाइनान्स उपसुचक २ अंकले बढेका छन्।
यस दिन सिटिजन इन्भेष्ट ट्रष्टको १ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै स्टान्डर्ड चाटर्ड बैंक पनि १ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएर धेरै रकमको कारोबार हुने कम्पनीमा अग्र स्थानमा रह्यो।
धेरै नाफा कमाउनेमा नेपाल कम्युनिटी बिकास बैंकका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ६ प्रतिशत कमाए। त्यस्तै समता माइक्रोफाइनान्सका लगानीकर्ताले ४ प्रतिशत कमाए।
त्यस्तै बरुण हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए।