एनआईसी एशिया बैंकले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ।
बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको जनाइएको छ।
उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३ हजार ५ सय भन्दा बढि शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ।
बैंकले १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजार भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट मार्फत सेवा दिइरहेको बताएको छ।