जनता बैंकले आफ्नो “जनता रेमिट” को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स लाई नियुक्त गरेको छ।
जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सम्झौतामा हस्तक्षर गरे।
सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम बुम रेमिट्यान्सले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ।
यसका साथै बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने जनाएको छ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको बताएको छ र यसले चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ।