एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको सुरुवात गरेको छ।
कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।