जनता बैंक ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ।
यस यात्रामा निरन्तर साथ दिएकोमा बैंकले सम्पूर्ण ग्राहक, शेयरधनी महानुभाव, नियमनकारी निकाय तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता प्रकट गरेको बताएको छ।
नवौं बर्ष प्रबेशको यस अवसरमा बैंकले प्रभातफेरी, रक्तदान कार्यक्रम, छात्रवृत्ति साथै निःशुल्क स्वास्थ्य सिविरबाट देशको ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत ‘स्वस्थ्य नारी पहल’ अभियान संचालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
बैंकले शुक्रबार चौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको बताएको छ।
उक्त स्वास्थ्य शिविरमा करीव ५ सय भन्दा बढी महिलाले स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणका लागि सहभागि भएको बैंकले जनाएको छ।जहाँ आङ खस्ने सम्बन्धी समस्याको अपरेशन गर्नु पर्ने बिरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
त्यस्तै बैंकले धनगढी शाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालनमा ल्याईएको छ उक्त सिविरमा पनि बिरामीहरुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको जनाएको छ।
बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै ५३ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ५० अर्व रुपैयाँ कर्जा प्रबाह गरेको जनाएको छ।