सिद्धार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्याल र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले हस्ताक्षर गरे।
सम्झौतापछि सिद्घार्थ बैंकका ग्राहकले बैंकका कुनैपनि शाखाबाट रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा लिन सक्नु हुने बैंकले जनाएको छ।
हालै बैंकले देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ एटिएम र ६८७ पिओइस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७४/०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ गरेको छ भने सोही अवधीमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सक्षम भएको बताएको छ।