विदेशबाट पठाएको रकम लिन तथा विदेश पैसा पठाउन दैनिक परिवर्तन हुने बिदेशी मुद्राको बिनिमय दरको बारेमा हेक्का राख्नु जरुरी हुन्छ।
आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकेको छ भने विक्रीदर १ सय ४ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ।
त्यस्तै राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २६ रुपैयाँ ८३ पैसा तोकेको छ भने विक्रीदर १ सय २७ रुपैयाँ ५६ पैसा तोकेको छ।
युके पाउण्ड स्टर्लिङको खरिद मूल्य १ सय ४५ रुपैयाँ १७ पैसा र विक्रीदर १ सय ४६ रुपैयाँ १ पैसा रहेको छ। त्यस्तै राष्ट्र बैंककले अष्ट्रेलियन डलरको खरिद मूल्य ७९ रुपैयाँ ५७ पैसा र विक्रीदर ८० रुपैयाँ ३ पैसा तोकिएको छ।
साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रीदर २७ रुपैयाँ ८० पैसा तोकिएको छ। त्यस्तै कतारी रियालको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रीदर २८ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ।
आज युएई दिरामको खरिद मूल्य २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ। त्यस्तै राष्ट्र बैंकले मलेसियन रिङगेटको खरिद मूल्य २६ रुपैयाँ ७८ पैसा र विक्रीदर २६ रुपैयाँ ९४ पैसा तोकेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।