कैलाश विकास बैंकले झापा जिल्लाको दमकमा सोमवार देखि नयाँ शाखाको शुभारम्भ गरेको छ।
उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले गरे। यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४७ पुगेका छन् भने एटिएम संख्या २२ पुगेको बैंकले जनाएको छ।
बैंकले निकट भविष्यमा बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
बैंकका अनुसार यस यसको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ रहेको छ। यस संस्थाले हाल सम्म २० अर्व ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।