एनआईसी एशिया बैंकले १७४ औ शाखा नवलपुर जिल्लाको गैडाकोट स्थित कांग्रेस चोकमा विस्तार गरेको छ।
आज एक समारोहका बीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरे।
सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानिय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा ‘क’ वर्गको बैंक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुगां भएको बताए।
बैंकले १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले वासलातको आकार १५४ अर्ब रुपैयाँ पुग्दा कुल कर्जा १०६ अर्ब रुपैयाँ र कुल निक्षेप १३० अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।