बुधबार शेयर बजारको परिसुचक नेप्से ३ अंकले बढेको छ।
यस दिन १५८ कम्पनीको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन होटल १७, विकास बैंक ८, फाइनान्स ३ र अन्य उपसुचक १ अंकले घटेका छन्।
बैंकिङ ३, जलविद्युत १०, बीमा ४२, उत्पादन १२ र माइक्रोफाइनान्स उपसुचक ४ अंकले बढेका छन्।
यस दिन कारोबारको आधारमा नविल बैंकको पर्मोटर शेयर अग्र स्थानमा रह्यो। यसको ३ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै ओम विकास बैंकको २ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भयो।
धेरै नाफा कमाउनेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ६ प्रतिशत कमाए। त्यस्तै स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ५ प्रतिशत माएर कमाउनेमा अग्र स्थानमा रहे।
हिमालयन डिस्टिलरीका लगानीकर्ताले सबै भन्दा धेरै गुमाए। यसका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए। त्यस्तै गोर्खाज फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाए।