एनआईसी एशिया बैंकले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ।
नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको जनाइएको छ। ।
जाजरकोटको खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि यहि मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेको बताइएको छ।
एनआईसी एशिया बैंकले मुलुकभर १९२ शाखाकार्यालय, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।
बैंकका अनुसार यसको वासलातको आकार १५५ अर्ब रुपैयाँभन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब रुपैयाँ पुगीसकेको छ।