नेपाल लाइफ इन्स्योरेन्सको मिति बीरगंजमा सम्पन्न अठारौं बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २८.५३ रुपैयाँ (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ।
बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। यसै गरि साधारण सभाबाट कम्पनीको अधिकृत पूंजी आठ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित भएको छ।
अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम भएको र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व बढेको जनाए।
सभाबाट आव २०७३/७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु सभा द्वारा स्वीकृत भएको जनाइएको छ।
यसैगरि, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको कम्पनीले जनाएको छ।