नयाँ वर्षको अवसरमा लक्ष्मी बैंकले आफ्ना भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक अफर ल्याएको छ।
जस अन्तर्गत लक्ष्मी बैंकको भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन तथा रपिओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १ हजार रुपैयाँसम्म रकम फिर्ता हुने क्यास ब्याक को व्यवस्था गरेको बैंकले जनाएको छ।
बैशाख १ गते देखि एक महिनासम्म कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इ बैंकिङ प्याकेज अन्तर्गत १ हजार रुपैयाँ सम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ।