कैलाश विकास बैंकले बाराको गंजभवानीपुरमा आफ्नो ४८ औँ शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले गरेको बैंकले जनाएको छ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४८ पुगेका छन् भने एटिएम संख्या २२ पुगेका छन्।
बैंकले निकट भविष्यमा सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ रहेको जनाएको छ। यस संस्थाले २०७४ चैत्र मसान्त सम्म २० अर्व ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।