एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष, एनआईसी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ।
७ बर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट २०७४ पुष ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि २०७४ माघ ०२ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको क्यापिटलले जनाएको छ।
उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने बताइएको छ।
कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने र दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने क्यापिटलले जनाएको छ। एनआईसी एशिया ग्रोथ फण्ड दोश्रो बजारमा “एनआइसिजिएफ” नाममा कारोबार हुने बताइएको छ।
म्युचुअल फण्ड संगै एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।
एनआईसी एशिया क्यापिटलले निःशूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको बताएको छ।