विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलरको बिक्री मूल्य १०५ रुपैयाँ तोकेको छ। यसको खरिद मूल्य १०४ रुपैयाँ ७४ पैसा रहेको छ।
राष्ट्र बैंकले युरोको खरिद मूल्य १२९ रुपैयाँ ६१ पैसा तथा १३० रुपैयाँ ३५ पैसा कायम गरेको छ। त्यस्तै युके पाउण्ड स्टलिङको खरिद मूल्य १५० रुपैयाँ १३ पैसा र विक्री मूल्य १५० रुपैयाँ ९९ पैसा रहेको छ।
अष्ट्रेलियन डलरको खरिद मूल्य ८१ रुपैयाँ ४० पैसा र विक्री मूल्य ८१ रुपैयाँ ८७ पैसा रहेको छ। त्यस्तै राष्ट्र बैंकले साउदि रियालको खरिद मूल्य २७ रुपैयाँ ९३ पैसा र विक्री मूल्य २८ रुपैयाँ ९ पैसा तोकेको छ।
कतारी रियालको खरिददर २८ रुपैयाँ ७७ पैसा रहेको छ भने विक्रीदर २८ रुपैयाँ ९३ पैसा रहेको छ। राष्ट्र बैंकले युएई दिरामको खरिददर २८ रुपैयाँ २१ पैसा तथा विक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकेको छ।
त्यस्तै मलेसियन रिङगेटको खरिददर २६ रुपैयाँ ९२ पैसा र विक्रीदर २७ रुपैयाँ ८ पैसा रहेको छ। कुबेत दिनारको खरिददर ३४९ रुपैयाँ ३५ पैसा तथा विक्रीदर ३५१ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुबाट कारोबार गर्दा उक्त मूल्यमा फरक पर्न सक्ने बताएको छ।