बुधबार शेयर बजारको परिसुचक नेप्से ३१ अंकले बढेको छ।
यस दिन १६५ कम्पनीको १ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेप्से सुचकांक १३६३ अंकमा थामिएको भएको छ। यस दिन सबै उपसुचकहरु बढेका छन्।
बैंकिङ ३२, व्यापार ४, होटल ३७, बिकास बैंक ६५, जलविद्युत १०७, फाइनान्स १३, बीमा ६३, उत्पादन २८, अन्य ७ र माइक्रोफाइनान्स उपसुचक ५ अंकले बढेको छ।
कारोबारका आधारमा युनाइटेड इन्सुरेन्स अग्र स्थानमा रह्यो। यसको ५ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
त्यस्तै चिलीमे हाइड्रोपावर कम्पनीको ३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भयो।
यस दिन ङादी पावर गु्रप, हिमालयन पावर पार्टनर, नयाँ नेपाल लघुवित्त बिकास बैंकका लगानीकर्ता सबै भन्दा धेरै नाफा कमाए। यि कम्पनीका लगानीकर्ताले सबै भन्दा धेरै १० प्रतिशत कमाए।
त्यस्तै एसियन लाइफ इन्सुरेन्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएर गुमाउनेमा अग्रस्थानमा रहे।