एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखाको उद्घाटन गरेको छ।
उत्तर शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे।
एभरेष्ट बैंकले ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएमबाट सेवा प्रदान गरिरहेको जनाएको छ।