ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपे बीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता भएको छ।
सम्झौता पत्रमा हस्ताक्षर पछि क्रसपे मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७ हजार ५सय भन्दा बढि एजेन्टहरु मार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्न सकिने बताइएको छ।
क्रसपेको बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिने बताइएको छ।
ग्लोबल आइएमई बैंकले १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको जनाएको छ।