सेञ्चुरी कमर्सियल बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ।
उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे।
बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु, ५ वटा एक्स्टेन्सन काउण्टर, उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बताएको छ।