बिहिबार शेयर बजारको परिसुचक नेप्से २५ अंकले बढेको छ। यस दिन १६८ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो।
यस दिन व्यापार २ अंकले घटे बाहेक सबै उपसुचकहरु बढेका छन्। बैंकिङ २४, होटल २१, बिकास बैंक १६, जलविद्युत ४४, फाइनान्स ३, बीमा ५१, उत्पादन ७, अन्य २९ र माइक्रोफाइनान्स उपसुचक १४ अंकले बढेका छन्।
कारोबारका आधारमा चिलीमे हाइड्रोपावर कम्पनी अग्र स्थानमा रह्यो। यसको ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै नेपाल बैंकको ३ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो।
यस दिन धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ९ प्रतिशत कमाए।
त्यस्तै ८ प्रतिशत कमाएर खानिखोला हाइड्रोपावरका लगानीकर्ता कमाउनेमा अग्र स्थानमा रहे।
त्यस्तै गुमाउनेमा सहयोगी विकास बैंकका लगानीकर्ता अग्र स्थानमा रहे। यसका लगानीकर्ताले सबै भन्दा धेरै ७ प्रतिशत गुमाए।