जनता बैंकले आफ्नो ‘जनता रेमिट’को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट संग सम्झौता गरेको छ।
उक्त सम्झौतामा जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गरे।
सम्झौता बमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम जिएमई रेमिटले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्ने बैंकले जनाएको छ।
त्यस्तै जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ।
जनता बैंकले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको बताएको छ ।
हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको जनाएको छ।