ज्योति लाईफ इन्स्योरेन्सले काठमाण्डौको सुकेधारामा शाखा कार्यालय तथा दोलखाको चरिकोटमा उपशाखा कार्यालय सहित थप २ स्थानबाट सेवा शुभारम्भ गरेको छ।
यस सहित कम्पनीको कुल शाखा संजाल ५४ पुगेको कम्पनीले जनाएको छ।
कम्पनीले अवधि समाप्ति वा मृत्यु पश्चात मात्र जीवन वीमाको रकम पाइने बुझाइलाइ परिवर्तन गर्न ११ वटा विभिन्न घातक रोगको पहिचान भएको अवस्थामा उपचार खर्च वापत अधिकतम १० लाख रुपैयाँसम्म अग्रिम भुक्तानी दिने बीमा योजनाहरु प्रस्तुत गरेको बताएको छ।
विभिन्न व्यक्ति तथा संस्था गरी ४२ जना संस्थापकहरु रहेको यस कम्पनीको अधिकृत पुँजी ३ अर्व रुपैयाँ, जारी पुँजी २.२० अर्ब रुपैयाँ मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.५४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बताएको छ।
यस कम्पनीले निकट भविष्यमा ६६ करोड रुपैयाँको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्ता पुँजी २.२० अर्ब रुर्पैयाँ पुर्याउने कम्पनीले दाबी गरेको छ।