अमेरिकी डलरको भाउ गत सातादेखि निरन्तर उक्लिन थालेको छ। लामो समयसम्म १ सय ४ रुपैयाँको हाराहारीमा रहेको डलर बढेर १०६ रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १ सय ५ रुपैयाँ ५० पैसा र विक्रीदर १ सय ६ रुपैयाँ १० पैसा रहेको छ।
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलर बढ्दा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने तर निकासीमा नेपाललाइ घाटा हुन आउँछ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने गर्छ।
नेपालमा बाहिरबाट आउने मेसिनरी तथा लत्ताकपडाको मूल्य महंगो पर्न जान्छ। यसका साथै विदेशबाट कच्चा पदार्थ ल्याइ उत्पादन गर्ने उद्योगको लागतमा पनि वृद्दि हुन्छ। त्यसैले अमेरिकी डलर बढ्दा समग्रमा नेपालमा महंगी बढ्ने देखिन्छ।